समाचारः
पुस २९ गते सिधुवा वजार र पौष ३० गते तेलिया, धनकुटामा भएको आगलागी पीडित परिवारलाई राहत हस्तान्तरण कार्यक्रम ।
पुस २९ गते सिधुवा वजार र पौष ३० गते तेलिया, धनकुटामा भएको आगलागी पीडित परिवारको राहतको लागि छथर जोरपाटी गाउँपालिका कर्मचारी परिवारको अग्रसरतामा उठाईएको रु. १,७७,०००|- [अक्षरेपी एक लाख सतहत्तर हजार रुपैयाँ] रकम राहत वितरणमा गाउँपालिकाको एकद्वार नीति अनुरुप स्थानीय विपद् व्यवस्थापन समितिलाई बुझाईएको व्यहोरा समस्त सहयोगदाता महानुभावमा जानकारी गराउँदछौ। सहयोगदाता महानुभावमा हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा, यहाँहरु कार्यरत् क्षेत्रमा पनि भवितव्य विपद्का घटना घटेमा, हामी छथर जोरपाटी गाउँपालिका कर्मचारी परिवार सदैव, यहाँहरुको साथमा रहने वाचा सहित सम्पुर्ण सहयोगदाता महानुभावमा पुन: सादर धन्यवाद दिन चाहन्छौं। :- छथर जोरपाटी गाउँपालिका कर्मचारी परिवार, धनकुटा।